काठमाडौँ– नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघ (निर्मा) तेस्रो वर्षमा प्रवेश गरेको छ ।


ADVERTISEMENT


नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघ मूनाफा वितरण नगर्ने च्यारिटी संस्थाको रुपमा स्थापित निर्मा शुक्रवार आफ्नो कार्यकालको दुई वर्ष पूरा गर्दै तेस्रो वर्षमा प्रवेश गरेको हो ।


ADVERTISEMENT

# # #


कम्पनी ऐन अन्तर्गत २०७६ आषाढ ४ गते स्थापना भएको यस संस्थाले नेपालमा जोखिम व्यवस्थापन, बीमा र सामाजिक सुरक्षाको क्षेत्रमा अध्ययन, अनुसन्धान र प्रकाशन गर्ने, तालीम, सम्मेलन र कन्फरेन्सहरु गर्ने, नीतिगत बिषयमा सम्बन्धित निकायहरुलाई सुझाव दिने, जनचेतना अभिबृद्धिको लागि काम गर्ने लगायतका कार्यहरु गर्दै आएको छ ।

‘व्यवसायिकताको माध्यमबाट बीमा कम्पनीलाई प्रोत्साहन गरौँ’ भन्ने मुल नारा लिएर अघि बढेको सो संस्थाले आगामी दिनमा अनुसन्धान तथा जनचेतनामूलक कार्यक्रमलाई अझ बढि प्राथमिकताका साथ निरन्तरता दिइने जनाएको छ ।

विश्वका विभिन्न देशहरुमा छरिएर बीमा क्षेत्रको अध्ययन, अनुसन्धान, बीमा उद्योगको प्रवर्धन र विकास गर्ने उद्देश्यले निजी क्षेत्रबाट विभिन्न संस्थाहरु संचालन गरिरहेको निर्मा मार्फत बीमा उद्योगको विकास र विस्तारका लागि एक देशमा मात्रै कार्य क्षेत्र भएका संस्थादेखि क्षेत्रीय रुपमा काम गर्ने, महादेशको स्तरमा काम गर्ने र विश्वभरी नै कार्यक्षेत्र भएका स्वयंसेवी संस्थाहरु  प्रशस्त रहेका छन् ।