पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत मागेका छन् । शुक्रबार पोखरास्थित प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पोखरेलले आफूलाई विश्वासको मत दिन प्रदेश सांसद समक्ष आग्रह गरेका हुन् ।


ADVERTISEMENT


उनले स्थायी सरकारका लागि आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।  प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम पोखरेललाई गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीको संयुक्त गठबन्धनको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए ।


ADVERTISEMENT

# # #


यसअघि संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको रुपमा मुख्यमन्त्रीमा नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका थिए । तर, उनले संसदमा विश्वासको मत प्राप्त गर्न नसक्दा पदमुक्त भएका थिए ।

उनी पदमुक्त भएसँगै संसदमा बहुमतको दाबीसहित पोखरेल मुख्यमन्त्री नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनु पर्ने व्यवस्था भए पनि एक सातामै पोखरेलले विश्वासको मत लिन लागेका हुन् ।