देवराज सुवेदी, सिन्धुपाल्चोक – यही असार १ गतेको बाढीले तिम्बु, किउल, चनौटे, ग्याल्थुम, तालामाराङ, मेलम्चीमा ठूलो जनधनको क्षति पुर्याएको छ । बाढीले व्यक्तिका घर, सङ्घसंस्था, विभिन्न कार्यालय, खेतीयोग्य जमिन एवं विद्यालयमा क्षति पुर्‍याएको छ । अहिले सिन्धुवासी बिचल्लीमा छन् । विद्यालयका पक्की संरचनासमेत भत्किँदा विद्यार्थीको बिचल्ली भएको छ भने सञ्चार माध्यमहरूमा क्षति पुग्दा आम नागरिक सूचनाको पहुँचबाट बन्चित हुनु परेको छ ।


ADVERTISEMENT


कोरोेनाको कहरका बीचमा पनि तेर्से माध्यामिक विद्यालय, तालामाराङले विभिन्न माध्यमबाट शैक्षिक गतिविधि अगाडि बढाउँदै आएको थियो । विद्यार्थी भर्ना, पुस्तक वितरणजस्ता कार्यले गर्दा विद्यालयले आफ्नो गतिविधि सक्रियरूपमा अगाडि बढाएको थियो । मेलम्ची भेगको अग्रणी विद्यालय, गुणस्तिरीय शिक्षा प्रदान गर्दै मेलम्ची नगरपालिकाको नमुना विद्यालयको रूपमा परिचित छ र थियो । असार १ गतेको बाढीले सामान्य क्षति पु¥याएको स्कुलमा असार ५ गतेको बाढीले विद्यालयको भौतिक रूपमा क्षति गर्यो ।


ADVERTISEMENT

# # #


विद्यालय मात्र नभएर प्रहरी चौकी र स्थानीयको घरमा समेत जोखिम बढाएको छ । विद्यालयको भौतिक क्षति त भयो त्यसले गर्दा हजारौं विद्यार्थीको भविष्य अन्धकारमा धकेलिएको छ । गुणस्तरीय शिक्षा कसरी प्रदान गर्न सकिन्छ भन्दै अहोरात्र खटिनुहुने विद्यालयका प्रधानाध्यापक कृष्ण ढुङ्गाना, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निलबहादुर शाहीलगायत सम्पूर्ण शिक्षक, विद्यार्थी अभिभावक र अन्य शिक्षापे्रमीले चासो र चिन्ता लिइरहेका छन् । स्याउलाले बारेर खरले छाएर यस भेगमा शिक्षा दिनुपर्छ भन्दै २०४७ सालमा स्थापना भएको तेर्सेमाविका शुभचिन्तकले ढुक्कसँग कहिल्यै स्वासफेर्न पाएनन् ।

विभिन्न सङ्घसंस्था, दातृ निकाय र अभिभावकहरूको पहलमा विद्यालयको भवन निर्माण भयो तर २०७२ सालको भूकम्पले विद्यालयलाई माटोमा मिलाइदियो । त्यतिबेला विद्यालय सञ्चालनका लागि गरिएको पहल र सङ्घर्ष जो कोही अभिभावक, विद्यार्थी तथा शिक्षकले भूल्न सक्ने अवस्था छैन । काठका खम्बा, टिनले बारेको स्कुल, जस्ताले छाएको छानो यो भूकम्प पछिको अवस्था हो । एउटा कक्षामा पढाएको सबै कुरा अर्को कक्षाका सबै विद्यार्थीले सुन्न सक्थे । त्यतिबेलाको विद्यालयको भवन ढले पनि जमिन त्यही थियो । तर अहिले न घर छ, न जिमिन । यो दर्दनाक अवस्थाबाट तेर्से माविफेरी पनि उठ्नका लागि प्रयासरत छ । विद्यालयका प्रधानाध्यापक ढुङ्गाना जस्तोसुकै चुनौती सामना गरेर भए पनि विद्यालय सञ्चालनका लागि निरन्तर लागि रहने प्रण गर्छन् ।

भूकम्को बेलाजस्तै आम अभिभावक, शिक्षाप्रेमी महानुभाव, सरोकार वाला निकायलगायत सम्पूर्णको सहयोगले खोलामा तार जालि लगाएर विद्यालयको बाँकि भुभाग बचाउन सकिन्छ कि भन्ने अभियानमा लागेको प्रधानाध्यापक ढुङ्गानाले सुनाए । मेलम्ची बजार देखि हेलम्बुको चनौटेसम्मका विद्यार्थीको भविष्य बोकेके विद्यालय क्षणभरमै खोलामा मिल्नुले विद्यार्थीको मात्र हैन, यो भेगको सम्भावना तुइने होकि भन्ने चिन्ता लाग्नु स्वभाबिक नै हो । एता विद्यालयका अध्यक्ष शाही पनि विद्यार्थीको भविष्यको चिन्ता लिँदै पुनः गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालय अगाडि बढ्ने बताउँछन्।

इष्ट प्वाइन्ट एकेडेमीमा क्षति

हेलम्बु गाउँपालिकाको वडा नम्बर ४ ढुङ्ग्रे बजारमा इष्ट पोइन्ट एकेडेमि बोर्डिङ स्कुल थियो । विद्यालयमा अहिले ५५० जना विद्यार्थी अध्यनरत छन् । सरकारी स्कुलको सन्दर्भमा बोर्डिङ स्कुलमा पूर्णतया अङ्ग्रेजी माध्यमबाट पढाइ हुने भएकाले अभिभावकको ध्यान बोर्डिङ स्कुलतर्फ केन्द्रित भएकाले विद्यार्थीको सङ्ख्या उल्लेख्य थियो । निजी विद्यालय भए पनि समुदायको धरै आसा बोकेको विद्यालय एकेडेमी खोलामा मिसीएकाले विद्यालयका प्रधानाधयापक दामोदर भारती निशब्द छन् ।

आफ्नै घर, खेत पुरै खोलाले बगाउँदा पनि उनलाई सबैभन्दा धरै विद्यालय र ५५० जना विद्यार्थीको भविष्यको चिन्ता छ । खोलाले लगेको घरको पिल्लर मात्र देखाउँदै भारतीले भने, “मेरो आफ्नै घर छैन, वर्षभरी खाने खेत छैन, जिन्दगी सुम्पेको विद्यालय पनि छैन । केही सोच्नै सकेको छैन ।” भूकम्पले ढलाएको विद्यालय पुनःनिमार्णपश्चात गुणस्तरीय शिक्षामा नै केन्द्रित थियो ।

विद्यालयको भवन त ढल्यो नै अभिभावकले पनि चासो र चिन्ता लिइरहनु भएको छ तर विडम्बना चासो दिनैपर्ने निकायले चासो नदिँदा भारती दुखित छन् । विद्यालयमा त्यति धरै क्षति हुँदा स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकारदेखि सरोकार वाला निकायको फोनसमेत नआउँदा उनी चिन्तीत छन् । सहानुभूतिसमेत नहुँदा दुखित भएका भारतीले कोहि नभए पनि अभिभावक त छन् भन्दै चित्त बुझाउएका थिए । निजी विद्यालय भए पनि शिक्षा प्रदानगर्ने पुण्य थलोलाई बहीस्कार गर्दा समाजको लागि अहिलेसम्म बिताएको समय निरासाजनक भएको भारतीको कथन छ । अबको विद्यालय के हुने ? कहाँ स्थानान्तरण गर्ने ? शैक्षिक गतिविधि कसरी अगाडि बढाउनेलगायत प्रश्नले भारती चिन्तित छन् ।

रहेन रेडियो मेलम्चीको संरचना

सूचनाको स्रोत, आवाज विहिनहरूको आवाज, निकटमा र विकटमा रेडियो, सुख दुःखको साथी, समुदायको सारथी रेडियो मेलम्ची १०७.२ मेगाहर्जको कार्यालयमा बाढीले पूर्ण क्षति पुर्याएको छ । बाढीको सूचना दिँदादिँदै आफै बाढीमा डुबेको रेडियो मेलम्चीले ठूलो क्षति बेहोर्नु परेको छ ।

समुदायको सहयोगमा भर्खरै निमार्ण सम्पन्न भएको रेडियोको भवन क्षण भरमै बाढीमा मिल्दा समुदायको मन रोएको छ । समुदायसँगै सहयोग सङ्कलन गरेर ठडिएको भवन अहिले डुबानमा छ । रेडियोको सम्पूर्ण सामानमा क्षति पुगेको छ ।