काठमाडौँ – नेपालमा सोमबार थप २२ सय ९७ जनामा कोरोना पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको ६ हजार ५ सय ८३ वटा पिसिआर परिक्षणका क्रममा १ हजार ५ सय ८४ र ४ हजार ३ सय २१ एन्टीजेन परिक्षणका क्रममा ७१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४९ हजार ९ सय ४८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ८ हजार ७ सय ७२ पुगेको छ । त्यस्तै थप ३ हजार १ सय ३० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ५ लाख ५९ हजार ९ सय २८ संक्रमित कोरोनामुक्त भएका छन् । हाल ५३ हजार ९४० सक्रिय संक्रमित आइशोलेशन र ४४२ जना क्वारेन्टाइनमा छन् ।

त्यस्तै हालसम्म नेपालमा ३२ लाख ७५ हजार ८४९ वटा पिसिआर र १ लाख ४६ हजार ८८३ वटा एन्टीजेन गरिएको मन्त्रालयले जनाएको छ ।