काठमाडौँ – सरकारले आन्तरिक उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गन्तव्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर बुल उडानको ५० प्रतिशत ननाघ्ने गरी हवाई उडान खुला गरेको हो ।


ADVERTISEMENT


यद्दपी आन्तरिक उडान कहिलेदेखि खुलाउने भन्ने निर्णय भएको छैन । सम्भवतः पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार यसबारे सूचना निकाल्ने बताइएको छ । अब आन्तरिक वायुसेवा कम्पनीले सामान्य अवस्थामा हुने उडान संख्याको दाँजोमा आधा उडान गर्न पाउनेछन् । सरकारले अन्तर्राष्ट्रियतर्फ समेत नियमित हवाई उडान थप गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


सरकारले दुबई, दमाम, कुवेत, मस्कट, मलेसिया, कोरिया, जापान, चीनको छेन्दु, ग्वाङ्जाओको उडान खुला गरेको छ ।