झापा– झापाको बिर्तामोडमा प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । शुक्रबार अर्जुनधाराका लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणबारे छानबिन गर्न माग गर्दै निकालिएको बिरोध र्‍यालीले हिंसात्मक रुप लिएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।


ADVERTISEMENT


बिर्तामोडको मुक्तिचोकलाई केन्द्र मान्दै पूर्वमा बसपार्क छिर्ने बाटो, पश्चिममा चारपाने चोक, दक्षिणमा बिर्ताबजार र उत्तरमा महानन्दचोकसम्म अनिश्चितकालीन कर्फ्यू लगाइएको छ ।


ADVERTISEMENT

# # #


आन्दोलनमा प्रहरी र आन्दोलनकारी दुवैतर्फका मानिसहरु घाइते भएका छन् ।

मेयरको गाडी तोडफोड, पूर्वसांसदको मोटरसाइकल जलाइयो

अर्जुनधाराका ११ वर्षीय लक्ष्मण शिवाकोटीको मृत्युको सत्यतथ्य छानविन मागसहित सुरु भएको आन्दोलनले उग्र रुप लिएको छ ।

आन्दोलनकारीको समूहले बिर्तामोड नगरपालिका मेयर ध्रुव शिवाकोटीको निजी गाडी तोडफोड गरेका छन् । उनको घरमा समेत ढुंगामुढा प्रहार भएको छ ।

यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पनि तोडफोड भएको छ । कार्यालय परिसरमा राखिएको पूर्वसांसद् प्रेम गिरीको मोटरसाइकल पनि जलाइएको छ । आन्दोलनकारीले मुक्तिचोकआसपास जडान गरिएका सीसी क्यामेरा पनि फुटाएका छन् ।

घटनाको समाचार संकलनका लागि गएका सञ्चारकर्मीहरुलाई पनि दुव्र्यवहार गरेको पत्रकार प्रदीप परियारले बताए । आन्दोलन नेतृत्वविहीन भएकाले उग्र रुप लिन पुगेको स्थानीय बासिन्दाको विश्लेषण छ ।