काठमाडौँ – बुधवार बिहानैदेखि नेपाल टेलिकम (एनटीसी)को मोबाइल नम्बर फोन नलाग्ने समस्या देखिएको छ ।


ADVERTISEMENT


बिहाना ६ बजेदेखि नै एनटीसीका पोष्टपेड र प्रिपेड दुबै प्रकारका मोबाइल नम्बरमा फोन नलाग्ने समस्या देखिएको हो ।


ADVERTISEMENT

# # #


मोबाइल नम्बर डायल गर्नासाथ कल सकिएको संकेत देखिन थालेकोमा यसो हुनुको कारण अध्ययन भइरहेको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए ।

प्राविधिकहरुले काम गरिरहेको जनाउँदै उनले चाँडै समस्या समाधान हुने बताए ।