काठमाडौँ– संवैधानिक इजलासमा संसद विघटन विरुद्धका मुद्दाको आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ ।


ADVERTISEMENT


सर्वोच्च अदालत प्रशासनका अनुसार, आजदेखि मुद्दा सुनुवाईको थालनी गरिएको हो ।


ADVERTISEMENT

# # #


प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा मुद्दा सुनुवाइका लागि न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सदस्य रहेको संवैधानिक इजलास गठन गरिएको छ ।

यसै सन्दर्भमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश ईश्वर प्रसाद खतिवडाले कानुनी व्यवसायीहरुलाई बहसका समयसीमा १५ घण्टाको रहने जानकारी दिएका छन् ।

पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध तत्काल संसद पुनः स्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै ३० वटा रिट दर्ता भएका छन् ।