काठमाडौँ – विपतको सामना गर्न सरकारले तयारी नगरेको सांसदहरुले आरोप लगाएको छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबार बसेको बैठकमा सांसदहरुले सरकार विपतको अवस्थामा निकै कमजोर भएको आरोप लगाएका हुन ।


ADVERTISEMENT


बैठकमा सांसद नारायणकाजी श्रेष्ठले कुनै पनि सरकार पूर्व तयारी नगरि बस्नाले वर्षेनी नेपालमा धनजनको क्षति भएको आरोप लगाए । उनले सरकारलाई जनउत्तरदायी बनाउन र जनातको जीउधनको सुरक्षा गर्न अग्रह समेत गरे ।


ADVERTISEMENT

# # #


’जुनसुकै सरकार आए पनि राज्यको तर्फबाट विपतको समयमा हाम्रो आवश्यक तयारी कमजोर भएको छ ।’ उनले भने, ‘त्यसकारण विपतको प्रभावलाई न्यूनीकरणका लागि आवश्यक तयारी गर्न सरकारलाई विशेष निर्देशन दिनुपर्ने आवश्यक छ ।’  श्रेष्ठले भारतले अतिक्रमण गरेको भूभागका बारेमा वार्ताको पहल गर्न र नेपाली भूभागमा बनाइरहेको बाटो तत्काल रोक्न कूटनीतिक पहल गर्न सरकारसंग आग्रह गरे ।

बैठकमा सांसद खिमलाल भट्टराईले खोप नपाएका जनतालाई खोप दिन पहल गर्नु पर्ने बताए । उनले दक्षिण एसियामा खोप लगाउने देशमा नेपाल दोस्रो स्थानमा भए पनि खोप लगाउन बाँकी जनसंख्यालाई खोपको व्यवस्थापन गर्न सरकारसंग आग्रह गरे ।

उनले विगतमा भोगेका समस्या फेरी दोहोरिन नदिन सरकारले पहलकदमी चाल्नु पर्ने र कोरोनाको तेस्रो लहरको सामना गर्न दरिलो भएर लाग्नु पर्ने जिकिर गरे । सांसद भट्टराईले बाढी पहिरो गएका ठाउँमा राहत र उद्धारका कार्यमा तीव्रता दिन सरकारसंग माग गरे । लिपुलेक क्षेत्रमा नेपालको भुभाग मिचिएको हो वा होइन सत्यतथ्य बुझनु सांसद भट्टराईएको माग गर्दै चाडो भन्दा चाडो लिपुलेकबारे तथ्य बाहिर ल्याउनुपर्ने तर्क गरे ।

बाढी र पहिरोबाट संकटमा परेका जनताको तत्काल आवश्यक पर्ने ठाउँमा उद्धार, राहत र वासस्थानको व्यवस्था गर्नुपर्ने सांसदहरुको भनाई छ ।