काठमाडौँ – सिन्धुपाल्चोको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।


ADVERTISEMENT


मध्यपुर ठिमी नगरपालिकाकी उपमेयर अन्जना देवी मधिकर्मी र नेपाली काँग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री मोहन बस्नेतको टोलिले बुधबार आर्थिक सहयो हस्तान्तरण गरेको हो । मध्यपुर ठिमी नगरपालिकाले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिलाई ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र मेलम्ची नगरपालिकालाई ११ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक उपमेयर मधिकर्मीले हस्तान्तरण गरिन् । उनले सिन्धुपाल्चोकका बाढी पीडितको घाउमा मल्हम लगाउँन सहयोग गरेको बताइन् ।


ADVERTISEMENT

# # #


नेपाली काँग्रेसका नेता एंवम पूर्व सञ्चारमन्त्री मोहन बस्नेतले आफुहरुले निरन्तर सहयोग गरिरहेको जानकारी दिदै उनले विरोधीहरुले कहाँबाट पैसा आयो भन्दै विभिन्न बखेडा भिकिरहेको बताए । उनले आफुहरुले पार्दशी ढंगले बाढी प्रभावित जनताको सेवा गरिरहेको बताए ।

बस्नेतले बाढीबाट मृत्य भएका दुईजनाका परिवारलाई जनही ५०/५० हजार रुपैया हस्तान्तरण गरे । उनले बाढी प्रभाविति हेलम्बुका तीन वटा वडाहरुमा १–१ लाखको सहयोग हस्तान्तरण गरेका थिए । हेलम्बु गाउँपालिका वडा नं ३, वडा नं ४ र वडा नं ७ लाई तार जाली लगाउन सहयोग गरेको बताए । उनले नेपाली काँग्रेस भक्तपुर जिल्लाले गरेको तीन लाख भन्दा बढिको सहयोग समेत हस्तान्तरण गरेका थिए । विभिन्न ठाउँबाट सहयोग गर्नुहुने सबैलाई हेम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले धन्यवाद दिए ।

अहिले बाढीका कारण प्रभावित जनताको जीवन रक्षाका लागि विभिन्न ठाउँबाट सहयोग भइरहेको जनप्रतिनिधिहरुको भनाई छ ।