काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई घरमै बसी आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउन ‘महालक्ष्मी : मिस्ड कल’ सेवा सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


बैंकले संचालनमा ल्याएको यस सेवामा ग्राहकहरुले कुनै पनि बैंकिङ सेवा, बैंकको शाखाहरुकोबारेमा जानकारी तथा बैंकको बचत तथा कर्जा सम्बन्धि कुनै पनि जानकारी आवश्यक परेमा मोवाईल नम्बर ९८४७३८७५२४ मा ‘मिस्ड कल’ गर्न सक्ने बैँकले जनाएको छ । बैंकका प्रतिनिधिले सम्बन्धित ग्राहकलाई फोन गरी जानकारी उपलब्ध गराउने छन् ।


ADVERTISEMENT

# # #


यस सेवामा ग्राहकहरुलाई बैंकका प्रतिनिधिले डिजिटल बैंकिङ्गको प्रयोग बिधि तथा त्यसको उपयोगीताको बारेमा पनि जानकारी गराउनुको साथै बैंकसँग सम्बन्धित कुनै पनि समस्या वा सुझाव भएमा सो जानकारी लिई उचित समाधान गर्नेछन् ।

बैंकले कोरोना महामारीको विषम परिस्थितिमा सम्पूर्ण ग्राहकहरुलाई मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आइपीएस, क्यूआर कोड लगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु बँच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।