काठमाडौँ – ओएनएफ जर्मनीले एनआरएन जर्मनीको भावी कार्यकालका लागि जर्मनीमा अस्तित्वमा रहेका सबै राजनिक सांस्कृतिक एवम सामाजिक संघ संस्थासंगको उपस्थितलाई सम्मान गर्ने र सहकार्य गर्न तयार रहनेहरुलाई समर्थन गर्ने स्पष्ट पारेको छ ।


ADVERTISEMENT


एक विज्ञप्ती जारी गर्दै ओएनएफ जर्मनीका अध्यक्ष चन्द्रकान्त आचार्यले केही व्यक्तिहरु अरुमा भ्रम सिर्जना गर्न संघ–संस्थाको अस्तित्वमाथि धावा बोलिरहेको भन्दै त्यसतर्फ संस्था गम्भीर भएको जनाएका हुन् ।


ADVERTISEMENT

# # #


उनले ओएनएफ जर्मनी एउटा विचार बोकेको संगठन भएता सबैलाई जोड्ने, सबैलाई समेट्ने व्यक्तिहरुलाई एनआरएन जर्मनीको आगामी नेतृत्वका लागि मन्चले सद्भाव राख्ने बताएका छन् ।

उनले भनेका छन् :

NRNA GERMANY को भावी कार्यकाल को लागी सदस्यता लिने मिति सक्किनै लाग्दा सदस्य बन्नेहरुको चासो बडेको देखिन्छ । यसैक्रममा अध्यक्ष लगायत विभिन्न पदहरुमा आकांक्षी हरु को चर्चा पनि बड्दै गएको छ, ONF GERMANY एउटा विचार बोकेको संगठन भएता पनि नागरिक संग सुखदुखमा साथ रहने संस्था भएको नाताले जर्मनीमा अस्तित्वमा रहेका सबै राजनिक सांस्कृतिक एवम सामाजिक संघ संस्था संगको उपस्थितलाई सम्मान गर्ने र सहकार्य गर्न तयार रहेको व्यक्तित्व लाई समर्थन गर्ने तर्फ हाम्रो गम्भीर चासो रहेको छ। यसै क्रममा केहि व्यक्तिहरु अरुमा भ्रम सिर्जना गर्ने संघ संस्थाको अस्तित्व माथी धावा बोलिरहेको विषय अवगत हुन आएकोले त्यस्ता व्यक्तिउपर ONF GERMANY नैराश्यता व्यक्त गर्दछ। सबैलाई जोड्ने सबैलाई समेट्ने व्यक्तित्वहरु लाई मन्चले सद्भाव राख्ने धारणा प्रस्तुत गर्न चाहन्छु ।