काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री केपी शर्माओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई चिथोर्ने प्रतिष्पर्धा चलेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।


ADVERTISEMENT


परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शुक्रबार बालुवाटारमा आयोजना गरेको पुस्तक लोकार्पणमा प्रधानमन्त्री ओलीले भुतपूर्वको लस्करले राष्ट्रपतिविरुद्ध मुख छाड्ने प्रतिष्पर्धा गरेको उनको टिप्पणी छ । उनले राष्ट्रपतिलाई दिएको अधिकारमा सिमित रहेको भन्दै गणतन्त्रप्रतिको वैरभावका कारण राष्ट्रपतिविरुद्ध अनावश्यक टिकाटिप्पणी भएको हुनसक्ने बताए ।


ADVERTISEMENT

# # #


बिहीबार संयुक्त गठबन्धनको सम्पादकहरुसँगको अन्तरक्रियामा प्रचण्डले राष्ट्रपति विद्याभण्डारी भन्दा बरु राजाको नै मानसम्मान उच्च रहेको टिप्पणी गरेका थिए । त्यसैलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिले राष्ट्रपतिलाई चिथोर्ने प्रतिस्पर्धा सुरु भएको छ । जसले राष्ट्रपतिलाई मसख छाड्न सक्यो, गाली गर्न सक्यो त्यो ठूलो हुने । राष्ट्रपति भन्दा राजै राम्रो भन्ने अवस्थामा उहाँहरु पुग्नुभो ।’

यस्तै प्रधानमन्त्री ओलीले राजनीतिलाइ संसद र जनतामाझ नलगेर अदालतमा लाने प्रवृतिले राजनीतिलाई बिगारिरहेको उनले बताएका छन् । उनले अदालतको निर्णय एकदिन अघि नै बाहिर आउने कुराले अदालतभित्र पनि सेटिङ भएको हुन सक्ने संकेत गरे ।

प्रचण्डले धादिङको एक कार्यक्रममा सर्वोच्चले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री ओलीले नियुक्त गरेका मन्त्री हटाउँदैछ भन्ने सूचना आफूले पाएको बताएको ओलीले बताए । ‘कसैले अघिल्लो दिन नै घोषणा गरेका थिए । कसरी गरे, त्यो पनि गज्जबको छ ।’ पनः प्रचण्डतर्फ संकेत गर्दै उनले भने, ‘न्याय निष्पक्ष रुपले निरुपण भयो कि अथवा एउटा हल्ला छ नि सेटिङ भन्ने खुब चल्छ । नत्र भोलिपल्ट कुखुरो हराउनुछ भने अघिल्लै दिन स्याल करायो । कसरी त्यो भयो ?’

प्रधानमन्त्री ओलीले नेपालको नयाँ नक्सालाई कसैलेपनि मेटाउन नसक्ने धारणा राखे । ओलीले सरकार बचाउनको लागि आफूले कसैसँग अनुचित सम्झौता नगरेको स्पष्ट पारे । लोकतन्त्र र संविधानका विरुद्धको कदमको मात्र विरोध गरेको भन्दै सरकार बचाउनको लागि आफूले कसैसँग अनुचित सम्झौता नगरेको स्पष्ट पारेका हुन् ।

नेपालका केही पूर्वप्रधानमन्त्रीहरु आफुलाई देशभक्त हु भनेर हिड्ने तर विदेशी हस्तक्षेपलाई खुलेआम आमन्त्रण गर्ने गरेको उनको आरोप थियो । उनले पोलिसी मेन्टेनमा हात हाल्नुस् भनेर पूर्व प्रधानमन्त्रीले खुलेआम भन्ने गरेको जिकिर गरे ।

उनले छिमेकी राष्ट्रसंग नेपालले समान व्यवहार गर्ने उल्लेख गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा सम्पादित एवं प्रकाशित पुस्तकहरुको लोकार्पण गरेका थिए । त्यस्तै पूर्व परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको तीन वर्षे कार्यकालमा सरकारको तर्फबाट अन्तराष्ट्रिय मञ्चमा गरिएको सम्बोधन समेटिएको पुस्तक पनि सार्वजनिक गरिएको थियो ।