काठमाडौँ– उपत्यकाको निषेधाज्ञा अवधि थप गर्ने सन्दर्भका लागि आज अपरान्ह ४ बजे तीन जिल्लाका अधिकारीहरु पुनः बैठक बस्ने भएको छ ।


ADVERTISEMENT


पछिल्लो पटक सोमबार सम्मका लागि तोकिएको निषेधाज्ञालाई कसरी अगाडि बढाउने?  भन्ने विषयको आवश्यक छलफल एवम् तयारीका लागि सो बैठक बस्ने जनाइएको छ ।


ADVERTISEMENT

# # #


यद्यपि निषेधाज्ञाको अवधि लम्बाइए पनि निषेधाज्ञालाई केहि खुकुलो एवम् सहज बनाएर अघि बढाइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीको भनाई छ ।

कोरोना महामारी नियन्त्रण एवम् रोकथामका लागि प्रशासनले १६ वैशाखदेखि जारी गरिएको निषेधाज्ञा गत हप्ताबाट भने खुकुलो पारिएको थियो । त्यसयता सार्वजनिक यातायात सञ्चालनमा रोके लगाइए पनि सर्वसाधारणको सहजता र जोखिम कम भएकाले जोर बिजोर प्रणाली लागु गरी निजी यतायात, ट्याक्सी, टुटल एवम् पठाओलाई भने प्रशासनले सञ्चालनको अनुमति दिएको छ ।

यस्तै, विभिन्न पसलहरु पनि बार अनुसार खोल्न दिइएको सो लकडाउनलाई ‘स्मार्ट लकडाउन’ को संज्ञा दिइएको छ ।