काठमाडौँ– बंगलादेशमा हुने एसीसी इमर्जिङ नेसन्स कप क्रिकेट प्रतियोगिताका लागि १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरिएको छ । नियमित कप्तान पारस खड्का अस्वस्थ भएका कारण प्रतियोगितमा सहभागी नहुने भएपछि नेपाली टिमको नेतृत्व ज्ञानेन्द्र मल्लले सम्हाल्ने भएका छन ।


ADVERTISEMENT


आईसीसी प्रतिनिधि राजु बेन्कटपथी, मुख्य प्रशिक्षक जगत टमाटा तथा कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले नेपाली टोलीको छनोट गरेका हुन । अनुभवी बलरहरु शक्ति गौचन, बसन्त रेग्मी र सोमपाल कामीलाई आराम दिईएको छ ।


ADVERTISEMENT

# # #


टोलीमा शरद भेषावकर, सागर पुन, आरिफ सेख, महबुब आलम, दिपेन्द्र सिंह ऐरी, सन्दिप लामिछाने र आसिफ सेख छन । यस्तै अविनाश कर्ण, शुनिल धमला, भूवन कार्की, सुशन भारी, दिपेश श्रेष्ठ र दिलिप नाथले पनि इमर्जिङ कपको १५ सदस्यीय टोलीमा स्थान बनाएका छन ।
प्रतियोगिता चैत १२ देखी २२ सम्म बंगलादेशमा हुदैछ । नेपाली टोलीको बन्द प्रशिक्षण आगामी आईतबार सुरु हुने क्रिकेट नेपालका टेक्निकल एनालिस्ट रमन सिवाकोटीले बताए।