काठमाण्डौं – भारतमा जारी अण्डर १७ विश्वकप फुटवलको उपाधिका लागि ईङ्ल्याण्ड र स्पेन भिडदैँछन् । उपाधि भिडन्त कोलकत्ताको साल्ट लेक स्टेडियममा नेपाली समयानुसार राती सवा ७ बजे सुरु हुनेछ । सेमिफाइनलमा स्पेनले मालिलाई ३–१ गोलअन्तरले हराउँदै उपाधी यात्रा तय गरेको हो भने इङ्ल्याण्डले उपाधि दावेदार मानिएको ब्राजिललाई समान ३–१ गोल अन्तरले हराएर फाइनल प्रवेश गरेको हो । तेस्रो स्थानको लागि ब्राजिल र मालीबिचको प्रतिस्पर्धा पनि हुनेछ । खेल नेपाली समयानुसार साँझ सवा ५ बजे सुरु हुनेछ । भारतले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा २४ राष्ट्र सहभागी थिए । – आजको कान्तिपुरबाट


ADVERTISEMENT