चितवन– नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ । सो सडक खण्डका केराबारीमा आज दिउँसो पहिरो खस्दा सडक पुनः अवरुद्ध भएको हो ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान खसेको पहिरो बिहान ११ वजे पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसे पछि सडक अपराह्न ३ : १५ बजेदेखि अबरुद्ध भएको हो ।


ADVERTISEMENT

# # #


पूर्वी चितवनमा पहिराले दुईको मृत्यु , तीन बेपत्ता

पूर्वी चितवनको राप्ती र कालिका नगरपालिकामा पहिरोले बगाएर दुई जनाको मृत्यु र तीन जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राप्ती– १२ को पर्खाल भन्ने स्थानमा माथिबाट पहिरो खस्दा दुई घर बगाउँदा घर भित्र रहेका चार जनालाई पहिरोले बगाएको थियो । ती मध्ये एक जना पुरुषको शव घटना स्थलबाट ५० मीटर तल फेला परेको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिएका हुन् ।

मृतकको सनाखत हुन सकेको छैन भने हराएकाको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसैगरी कालिका नगरपालिका– ११ दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङको पहिरोले बगाएर मृत्यु भएको छ । आफन्तकहाँ जाने क्रममा उनलाई पहिरोले बगाएको जनाइएको छ । रासस