काठमाडौँ – सरकारले चिनियाँ कम्पनी सेनोफार्मसँग ४० लाख खोप खरिदका लागि सम्झौता गरेको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार विज्ञप्ति निकाल्दै खोप खरिदको सम्झौता भएको जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले असार २४ गतेदेखि खरिद गरिएको खोप विभिन्न चरणमा आउने जानकारी दिए ।

यद्दपी, सरकारले खोप कतिमा खरिद गरेको हो भन्ने भने खुलाएको छैन ।

मन्त्रालयका प्रवक्ता पौडेलले नन डिस्कलोजेवल एग्रिमेन्ट (एनडीए)अनुसार खोप खरिदको सम्झौता भएकाले खरिद रकम खुलाउन नमिल्ने बताए ।