काठमाडौँ – बेल्जियमलाई पराजित गर्दै इटाली सेमिफाइनलमा पुगेको छ । गए राति भएको खेलमा इटालीले बेल्जियमलाई १ का विरुद्ध २ गोलले पराजित गरेको हो ।


ADVERTISEMENT


इटालीका तर्फबाट ३१ मिनेट २० औँ सेकेन्डमा निकोलो बरेला र ४३ मिनेट १२ सेकेन्डमा लोरेन्ज इन्सिनेले गोल गरेका थिए ।


ADVERTISEMENT

# # #


इटालीलाई पछ्याउँदै बेल्जियमले पहिलो हाफको थप समयमा पेनाल्टी पाएकोे थियो । जसमा बेल्जियमका तर्फबाट रोमेलु लुकाकुले एक गोल फर्काएका थिए ।

अब सेमिफाइनलमा इटालीले स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । हिजो भएको पहिलो खेलमा स्वीट्जरल्याण्डलाई टाइब्रेकरमा हराउँदै स्पेन सेमिफाइनलमा पुगेको थियो ।