काठमाडौँ – मंगलवारदेखि ६० देखि ६४ वर्ष उमेर समूहलाई खोपको दोस्रो मात्रा दिइने भएको छ ।


ADVERTISEMENT


गत जेठ तेस्रो साता चीनको स्वशासित क्षेत्र तिब्बतबाट १० लाख गरेर १८ लाख डोज खोप नेपाल आएकोमा उक्त खोप ४ लाख ६० हजार ६० देखि ६४ वर्ष उमेर समूहलाई खोप लगाइएको थियो । उक्त समूहलाई दोस्रो मात्रा लगाउन लागिएको हो ।


ADVERTISEMENT

# # #


दोस्रो पटकमा आएको खोप ६० देखि ६४ वर्ष उमेर समूह तथा ट्यांकर चालक लगायत अन्य फ्रन्टलाइनरलाई लगाइएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य विभागका प्रमुख झलक शर्मा गौतमले दोस्रो मात्रा दिन लागिएको जानकारी दिए ।

२४ गते नेपाल वायुसेवा निगमको विमान खोप लिन चीन जाने भएपनि त्यसपछि कहिले कहिले खोप आउँछ भन्ने भने तालीका बनिनसकेको जानकारी उनले दिए ।

६० देखि ६४ वर्षका ४ लाख ६० हजारलाई पहिलो मात्रा दिइएकोमा त्यही बराबर खोप भण्डारणमा बाँकी रहेकोमा खोप दिइने उनको भनाइ छ ।