काठमाडौँ – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले आफुहरुसंग गरेको तीन बुँदे सहमति गम्भीरतापूर्वक कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएको छ ।


ADVERTISEMENT


शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले सम्झौता कार्यान्वयनमा ढिला भएको र यस बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जानकारी दिए । उनले आफुले इमान्दारीपूर्वक सरकारसंग भएको सहमति कार्यान्वयन गरेको र सरकारले पनि कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।


ADVERTISEMENT

# # #


‘सरकारले हामीलाई केही भन्नु छ भने भने हुन्छ । यो बीचमा केही डिस्टर्बहरु भएको छ भने हामी सुधार गर्छौं ।’ उनले भने, ‘नेपालको राजनीतिलाई शान्तिपूर्ण रुपमा नयाँ ढंगले अघि बढाउनु छ भने तीन बुँदे सहमति कार्यान्वयन गर्नुपर्छ ।’

प्रधानमन्त्रीसंगको भेटमा सहमति कार्यान्वयन गर्ने आश्वासन पाएको उनको भनाई छ । उनले राष्ट्रिय राजनीतिमा पार्टीको शान्तिपूर्ण ढंगले प्रवेश सामान्य घटनाक्रम नभएको बताए । बुँदेलाई कार्यान्वयन गर्नेसँग सम्बन्धित विषयमा १० दिनभित्र परिणाम निकाल्ने निष्कर्षमा पुगेको उनले बताए।

विश्वकर्माले आफ्ना नेता कार्याकर्तालाई छिटो भन्दा छिटो रिहाई नगरे त्यसको मूल्य सरकारले चुकाउनुपर्ने चेतवनी पनि दिए। उनले जसको सरकार आए पनि सहमतिलाई कार्यान्वयन गर्नुपर्ने बताए । ‘सरकार वा प्रतिपक्षी यसको विरुद्ध जानु पर्ने आवश्यक छैन । यसलाई डिस्टर्ब गर्नुपर्ने पनि आवश्यकता देख्दैनौँ हामीले ।’ उनले भने, ‘कार्यान्वयन भएन भने हामीलाई त केही नोक्सानी होला । तर, ठूलो मूल्य चुक्ता त सरकारले गर्नुपर्छ ।’

विश्वकर्माले परिवर्तन र जनमतलाई अव कसैले रोक्न नसक्ने बताए। उनले संसद पुनर्स्थापना भएपनि, नभएपनि आफ्नो सरोकारको विषय नरहेको तर्क गरे । आफुहरु अहिलेको संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा रहेको उनको भनाइ छ ।