काठमाडौँ – चालू आर्थिक वर्षको पहिलो ११ महीनामा ४ करोडको मास्क निर्यात भएको छ ।


ADVERTISEMENT


भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७÷७८ को जेठसम्ममा ४ करोड २१ लाख ९६ हजारको मास्क निर्यात भएको हो ।


ADVERTISEMENT

# # #


विभागकाअनुसार सबैभन्दा बढी अमेरिकामा २ करोड ९७ लाखको, जापानमा १ करोड ६ लाखको र भारतमा ७ लाखको मास्क निर्यात भएको छ ।

यसैगरी भुटान, बेलायत, सिङ्गापुर, स्वीट्जरल्याण्ड, फ्रान्स र जर्मनीसम्म नेपाली फेस मास्क निर्यात भएको विभागको तथ्यांकले देखाएको छ ।