बर्दिया – ईलाका प्रहरी कार्यालय मैनापोखर, प्रहरी चौकी जमुनी र प्रहरी चौकी कालिकाबाट खटिएको संयुक्त गस्ती टोलीले बेबारिसे अवस्थामा किराना सामान तथा काठ बरामद गरेको छ ।


ADVERTISEMENT


गस्ती गर्ने क्रममा टोलीले अन्दाजी मुल्य रू. २५,२३६ बराबरको किराना सामान, अन्दाजी मुल्य रू. १७,४६० बराबरको २९१ किलोग्राम चिनी, अन्दाजी मुल्य रू. ६,४२० बराबरको डिजेल र अन्दाजी मुल्य रू. १,६६,४०० बराबरको ४१.६० क्यू फिट साल जातको काठ वेवारिसे अवस्थामा फेला पारेको हो ।


ADVERTISEMENT

# # #


आवश्यक कारवाहीको लागी किराना सामानलाई राजापुर भन्सार कार्यालय गुलरिया र काठलाई बाँसगढी सब डिभिजन बन कार्यालय मोतिपुरमा बुझाईएको बर्दियाका प्रहरी नायव महानिरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।