काठमाडौँ – राष्ट्रिय सभा सदस्य राधेश्याम पासवानले शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठको राजीनामा माग गरेका छन् । बुधबार राष्ट्रियभाको बैठकमा बोल्दै पासवानले रूपा सुनार शिक्षामन्त्री श्रेष्ठले जातीय भेदभावको दोषिलाई उन्मुक्त गर्न सघाएको भन्दै राजीनामा माग गरेका हुन् ।


ADVERTISEMENT


सदस्य पासवानले मन्त्री श्रेष्ठले राजीनामा नदिए संसदमै अनसन बस्ने समेत चेतावनी दिए । उनले सरकारका मन्त्री नै दोषीलाई सरकारी गाडीमा बसाएर घर पुर्याउन लागेकाले संविधानलाई नै खिल्ली उडाइएको त होइन भन्दै प्रश्न गरे ।


ADVERTISEMENT

# # #


‘म शिक्षामन्त्रीको राजीनामा माग गरिरहेको छु यो संसदबाट ।’ उनले भने, ‘यदि राजीनामा भएर भने म संसदमा अनसन बस्न तयार हुन्छु ।’ रूपा सुनार मात्रै होइन, यस्ता घटना दिनदिनै भइरहेको भन्दै उनले यसलाई गम्भीरताका साथ लिनु पर्ने बताए ।

केही पहिले सञ्चारकर्मी रूपा सुनारले आफूलाई दलित भएकै कारण कोठा दिन नमानेको भन्दै घरधनी सरस्वती प्रधानविरुद्ध मुद्दा दायर गरेकी थिइन् । तर, पक्राउ परेर अनुसन्धानमा रहेकी प्रधानलाई शिक्षामन्त्री श्रेष्ठले छुटाएर सरकारी गाडीमै निवास पुर्याएका थिए ।

मन्त्री श्रेष्ठको उक्त कार्यको चौतर्फी विरोध भइरहेको छ । यद्दपी उनले आत्मालोचना समेत गरिसकेका छन् ।