काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओली र पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । उनीहरुबीच काठमाडौँको नक्सालस्थित होटेल मेरियटमा भेटवार्ता भएको हो ।


ADVERTISEMENT


चुचुरोमा पुगेको पार्टीको आन्तरिक विवाद मत्थर पार्ने प्रयास भइरहेका बेला नेताद्वयको भेटलाई महत्वपूर्ण रुपमा हेरिएको छ । भेटवार्तामा विष्णु पौडेल पनि सहभागी रहेका छन् । केही दिनअघि ओलीको भेटको प्रस्तावलाई नेपालले अस्वीकार गरेका थिए ।


ADVERTISEMENT

# # #


नेता नेपाल पक्षका २३ निवर्तमान सांसदको हस्ताक्षरसहित देउवाले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हाल सर्वोच्चमा विचाराधीन छ । ओली पक्षले नेपाल पक्षलाई उक्त मुद्दामा गरेको नेपाल पक्षका सांसदको हस्ताक्षर फिर्ता लिन निर्देशन दिए पनि नेपाल पक्षले मानिरहेको छैन ।

आजै एमालेको कार्यदलको बैठक बसेको थियो ।