काठमाण्डौं-  संखुवासभाको चिचिला गाउँपालिका १ मा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


शनिबार राति १० बजे को २ त ५५५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा खाँदबारी नगरपालिका १ का चालक लक्ष्मण गुरुङ र मकालु गाउँपालिका ५ का पासाङ शेर्पाको मृत्यु भएको हो । चालकले मदिरा सेवन गरेर तीव्र गतिमा गुडाएको कारण दुर्घटना भएको प्रहरी निरीक्षक बेदप्रसाद गौतमले बताए ।


ADVERTISEMENT

# # #


ट्याक्टर सडकबाट करिब १ सय ५० मिटर तल झरेको थियो । ट्याक्टरका सहचालक रामकुमार दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । – कान्तिपुरबाट