काठमाडौँ – राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको स्वास्थ्य उपचारका लागि राष्ट्रिय खेलकुद परिषद् राखेप र ट्रमा सेन्टरबीच सम्झौता भएको छ । खेलाडीहरुको प्रभावकारी औषधी उपचार गर्ने-गराउने सम्बन्धमा नेपाल खेलकुद महासंघ (नेकोस) को विशेष पहलमा सम्झौता भएको हो । केहिदिन अघिमात्र नेपाल खेलकुद महासंघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको स्वास्थ्योपचार सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद समक्ष मागपत्र पेश गरेको थियो।


ADVERTISEMENT


सोहीबमोजिम आज राष्ट्रिय ट्रमा सेन्टर र राष्ट्रिय खेलकुद परिषद बिच आगामी श्रावण १ गतेदेखि लागू हुनेगरी १७ बुँदे सम्झौतामा हस्ताक्षर भएको छ। महासंघका अध्यक्ष रमेश पौडेलको रोहवरमा राखेपका तर्फबाट सदस्यसचिव रमेशकुमार सिलवाल तथा ट्रमा सेन्टरका तर्फबाट डा सन्तोष पौडेलले सम्झौतामा हस्ताक्षर गरेका छन्।


ADVERTISEMENT

# # #


सम्झौता हस्ताक्षर कार्यक्रममा महासंघको तर्फबाट अध्यक्ष रमेश पौडेल, वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत, उपाध्यक्ष एकेन्द्र कुँवर, उप महासचिव शान्तामाया परियार, सचीव वाशु नेपाल, उमेश केसी, कोसाध्यक्ष्य बिदुर शर्मा लगायतको गरिमामय उपस्थिति रह्यो।यस सम्झौताबाट लाभान्वित हुनुहुने हजारौं खेलाडीहरूलाई हार्दिक बधाई दिएका छन् ।

सम्झौता अनुसार अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको स्वास्थ्य उपचार गर्दा ट्रमा सेन्टरले सहयोग गर्ने छ । सम्झौतामा उल्लेख भए अनुसार ट्रमा सेन्टरले खेलाडीहरुलाई २४ घण्टा ईमरजेन्सी सेवा उपलब्ध गराउने छ भने रक्त सञ्चार सेवा, फार्मेशी सेवा, रेडियोलोजी, प्याथोलोजी शल्यक्रिया, अर्थोपेडिक तथा ट्रम सर्जरीमा पनि सहयोग गर्ने छ ।

यसैगरी न्यूरो सर्जजरी, इएनटी, सघन उपचार कक्ष लगाएतका कुरामा खेलाडीहरुले सहुलियत पाउने राखेप सदस्य सचिव सिलवालले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु, प्रशिक्षक र कर्मचारीको स्वास्थ्य बीमा र बीमा बाहिरको उपचार राखेपले गर्ने उनले बताए ।

‘राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकका लागि हामीले गरेको स्वास्थ्य बीमाले कभर गर्नसक्नेजति त्यसले गर्छौं ।’ उनले भने, ‘कभर नगर्ने जति हामी छलफल गरेर हाम्रो क्षमताले भ्याएसम्म हामी प्रयास गर्छौं ।’

उनले सम्झौता अघि पनि वीर अस्पताल र ट्रमा सेन्टरसंग सहकार्य गरेका जानकारी दिए । सम्झौता कार्यक्रममा ट्रमा सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट पौडेलले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको स्वास्थ्य उपचारका लागि सवै प्रकारको सेवा दिइने जानकारी दिए ।

साथै, राखेपका सदस्य(सचीव ज्युको आज पर्न गएको जन्मदिनको अवसरमा महासंघको तर्फबाट उपस्थित अध्यक्ष, वरिष्ठ उपाध्यक्ष लगायतको हाम्रो सिंगो टिमको तर्फबाट उहाँको सुस्वास्थ, दीर्घजिवन तथा उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना समेत दिएका थिए।