काठमाडौं – कोपा अमेरिका कप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ। आइतबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले ब्राजिललाई शून्यका विरुद्ध १ गोलले पराजित गर्दै उपाधि हात पारेको हो ।


ADVERTISEMENT


२८ वर्षपछि अर्जेन्टिनाले कोपा अमेरिका कप हात पारेको हो । २२ औँ मिनेटमा अर्जेन्टिनाको तर्फबाट एन्जल डि मारियाले गरेको गोल नै खेलको निर्णायक बन्न पुगेको थियो ।


ADVERTISEMENT

# # #


अर्जेन्टिनाले सन् १९९३ पछि पहिलो पटक कोपा अमेरिका कपको उपाधि जितेको हो।