काठमाडौँ – नेपाल फाइनान्स लिमिटेड र ललितपुर फाइनान्स लिमिटेडबीच प्राप्ति गरी एकीकृत कारोवार शुरु भएको छ । प्राप्तिपछि कान्तिपथस्थित होटल एल्लो प्यागोडामा दुई संस्थाहरु एकीकृत रुपमा सञ्चालनमा आएका हुन् ।


ADVERTISEMENT


आइतवारदेखि एकीकृत कारोवार शुरु भएकोमा उद्घाटन कार्यक्रममा दुवै संस्थाका संचालकहरु, नेपाल फाईनान्सका आधारभूत शेयरधनी एवम् उद्योग ब्यवसायी राजेन्द्र शाक्य, नेपाल फाईनान्सका प्रमुख कार्यकारी अधिकृत उद्ववराज थपलिया, ललितपुर फाईनान्सका का.मु. प्रमुख कार्यकारी अधिकृत चन्द्र शेखर खड्का लगाएत सीमित कर्मचारीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


नेपाल फाइनान्सका अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा संयुक्त प्राप्ति समितिका संयोजक दिप्रश शाक्यले आगामी कार्ययोजनाबारे प्रकाश पारेका थिए ।

निजी क्षेत्रको लगानीमा वि.सं. २०४९ स्थापित नेपाल फाइनान्स नेपालको पहिलो फाइनान्स कम्पनी हो भने ललितपुर फाइनान्स जिल्लाको पहिलो फाइनान्स कम्पनी हो । यी दुई कम्पनीबीच गत वर्ष पुस २३ मा प्राप्तिका लागि प्रारम्भिक सम्झौता भएको थियो ।