काठमाडौँ – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै निर्वाचनको घोषणा गर्ने राष्ट्रिपति विद्यादेवी भण्डारीको निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरिदिएको छ ।


ADVERTISEMENT


सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले कांग्रेस सभापति शेरबहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न समेत परमादेश जारी गरेको छ ।


ADVERTISEMENT

# # #


आदेशमा भनिएको छ, ‘विवादित विघटन कार्य ७६ (५) को र उपधारा ७ मा रहेको प्रावधान संविधानले अंगीकार गरेको लोकतान्त्रिक आदर्श र संविधानवाद अनुकूल हुन आएन ।२०७७–११–११ मा गरेको अदालतको व्याख्या र मर्म अनुकूल पनि आएको देखिएन । यस्तो विघटनलाई संवैधानिक मान्दा देउवासमेतका १४९ जनाले गरेको दाबी पुग्न नसक्ने भन्दै राष्ट्रपतिबाट भएको निर्णय संविधान अनुकूल भएको पाइएन ।’

फैसलाको पूर्ण पाठ हेर्नुहोस्: