काठमाडौँ– निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बाहिरिएका छन् । उनी युवासंघको स्कर्टिङमा बालुवाटार छोड्दै निजी निवास बालकोट गएका हुन् ।


ADVERTISEMENT


सोमबार सर्वोच्चले संविधानको धारा ७६ (५)अनुसार कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएअनुरुप मंगलवार देउवाको नियुक्तसंगै प्रधानमन्त्रीको पदस्थबाट हटेका ओलीले समर्थकसंगै आज बालुवाटार निवास छाडेका हुन् ।


ADVERTISEMENT

# # #


उनलाई स्वागत गर्न २ हजार गाडी र ३ हजार मोटरसाइकलसहित बालुवाटार पुगेका उनका समर्थक एमाले कार्यकर्ताहरुले स्कर्टिङ र स्वागत गर्दै बालुवाटारबाट नक्साल हुँदै क्रमशः दरबारमार्ग, त्रिपुरेश्वर, माइतीघर, बानेश्वर, कोटेश्वरबाट  बालकोट पुर्याएका हुन् ।

उनको अपदस्थसंगै देउवाले पद तथा गोपनियताको शपथ ग्रहण गर्दै बुधबार साँझदेखि नै कार्यभार सम्हालेका छन् ।