काठमाण्डौं- सिरहा कर्जन्हा नगरपालिका २ का १३ वर्षीय भवेशकुमार यादवको हत्या आरोपमा पक्राउ परेकी उनकी दिदी १६ वर्षीया प्रिंयका यादवले प्रहरी हिरासतमै आत्महत्या गरेकी छिन् ।
पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको ५ घण्टापछि यादवले विष्णुपुर प्रहरी चौकीको हिरासत कक्षको बाथरुममा अपरान्ह आत्महत्या गरेकी हुन । सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाका अनुसार लामो समय बाथरुमबाट ननिस्किएपछि खोजी गर्दा उनी मृत भेटिएकी थिईन् ।
प्रहरीले प्रियंकासहित धनुषा धनौजीकट्टी ५ का १४ वर्षीय सन्जय कुमार साहलाई आज बिहान ११ बजे सार्वजनिक गरेको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धानमा सञ्जय र प्रियंकाबीचको अनैतिक सम्बन्धबारे थाहा पाएपछि भवेशको हत्या गरेको देखिएको बताएको छ । – आजको कान्तिपुरबाट


ADVERTISEMENT