काठमाण्डौं-  तीन दिनदेखि झापाको बिर्तामोडमा जारी कर्फ्यू आइतबार राति ९ बजेदेखि सोमबार बिहान ९ बजेसम्मका लागि खुल्ला गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिएका छन्। तीन दिनदेखि जनजीवन कष्टकर बनेको भन्दै १२ घन्टाका लागि कर्फ्यू खुल्ला गरिएको प्रजिअ तिवारीले बताए।


ADVERTISEMENT


अर्जुनधारा नगरपालिका ११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको असोज १४ गते भएको शंकास्पद मृत्युको सत्यतथ्य छानबिनको माग गर्दै भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गोली चलाउदा एक जनाको मृत्यु भएपछि बिर्तामोड तनावग्रस्त बनेको थियो।


ADVERTISEMENT

# # #


तनावलाई साम्य पार्न स्थानीय प्रशासनले तीन दिनदेखि लगाएको कर्फ्यू १२ घन्टाका लागि खुला गरेको हो। बालकको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रेएका मृतक बालकका आफन्त, स्थानीयबासी र प्रहरी बीच बिर्तामोडमा झडप हुँदा प्रहरीको गोली लागि शुक्रबार अर्जुनधारा ५ का नरेश थापाको मृत्यु भएका थियो। प्रहरीले अन्धाधुन्द गोली चलाउँदा दर्जनौ घाइते भएका थिए। त्यसपछि स्थानीय प्रशासनले विर्तामोडमा कर्फ्यू आदेश जारी गरेको थियो। – आजको अन्नपूर्णबाट