काठमाडौँ – सरकारले प्रतिनिधिसभा बैठक साउन ३ गते बोलाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठक साउन ४ गते अपरान्ह ४ बजे संसद बैठक बोलाउने गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


गत सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सात दिनभित्र बैठक बोलाउने परमादेश जारी गरेको थियो । सोही अनुसार सकारले बैठक बोलाउने भएको निर्णय गरेको सरकारका प्रवक्ता एवमु कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


गत जेठ ७ गते मध्यरातमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रिपति भण्डारीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्दै कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन् । तर, सर्वोच्च अदालतले उक्त निर्णयलाई बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

अदालतको आदेशपछि देउवाले संविधानको धारा ७६ (५) अनुसार देउवाले मंगलबार प्रधानमन्त्रीको शपथ लिएर चार सदस्यीम मन्त्रीपरिषद् विस्तार गरिसकेका छन् ।