काठमाडौँ– राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादकमा एकराज पाठक नियुक्त भएका छन् ।


ADVERTISEMENT


हाल कर्मचारी प्रतिनिधिका रुपमा रासस सञ्चालक समितिका सदस्य उनले १० औँ तहमा बढुवासहित आउँदो साउन १ गतेदेखि लागु हुने गरी प्रधानसम्पादकको जिम्मेवारी प्राप्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


पाठकलाई आज रासस केन्द्रीय कार्यालयमा कार्यकारी अध्यक्ष श्यामल अधिकारीका उपस्थितिमा महाप्रबन्धक सिद्धराज राईले बढुवासहित जिम्मेवारीको पत्र हस्तान्तरण गर्दै बधाई दिए । साथै नवनियुक्त नायब महाप्रबन्धकहरुले पनि उनलाई बधाई समेत व्यक्त गरेका छन् । हाल प्रधानसम्पादक रहेका श्यामप्रसाद रिमाल ११ औँ तहका नायब महाप्रबन्धकमा बढुवा भएका छन् । यसैगरी प्रमुख समाचारदाता राजु शाक्य र अन्तरराष्ट्रिय शाखा प्रमुख सोमनाथ लामिछाने पनि नायब महाप्रबन्धकमा बढुवा भएकोमा अध्यक्ष तथा महाप्रबन्धकले बधाई ज्ञापन गरेका छन् ।

हाल रासस आलेख शाखाका प्रमुख पाठक विसं २०५६ मा समाचारदाताका रुपमा रासस प्रवेश गरेका थिए । उनीसंग विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारिता विषय अध्यापनको अनुभव छ । सूचनाको हक र पत्रकारिता विषयमा विभिन्न पुस्तकका लेखक पाठकले यसअघि राससका उपप्रमुख समाचारदाता, अन्तरराष्ट्रिय समाचार डेस्कका प्रमुख तथा प्रदेश समन्वय विभाग प्रमुखका रुपमा रहेर काम गरेका छन्

त्यस्तै, रासस प्रमुख समाचारदातामा कार्यकारी सम्पादकमा भने कृष्ण अधिकारी नियुक्त भएका छन् । रासस