कोलम्बो – श्रीलङ्काका ३० बर्षमाथीका कुल मानिस मध्ये ३६ प्रतिशतले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । देशको स्वास्थ्य प्रवद्र्धन विभागले उनीहरुले कम्तीमा एउटा खोप लगाएको विवरण बिहीबार सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


विभागले कोरोनाभाइरसको महामारीबाट सवैभन्दा धेरै प्रभावित भएको राजधानी कोलम्बोका भने ७० प्रतिशतलाई कम्तीमा एउटा खोप प्रदान गरिएको पनि जनाएको छ । ती मध्ये २५ प्रतिशतले दुवै खोप प्राप्त गरिसकेको पनि विभागले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


“देशको पश्चिमी प्रान्तको गाम्पाहा जिल्लामा ६६ प्रतिशतले कम्तीमा एउटा खोप पाएका छन् भने ती मध्ये २१ प्रतिशतले दुवै खोप लगाएका छन्” एक अधिकारीले भने ।

श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्षले देशमा बस्ने र खोप लगाउन मिल्ने सवैलाई खोप लगाउने अभियान चलाइएको जानकारी दिएका छन् ।

आगामी सेप्टेम्बर अगाडिसम्ममा खोप लगाउन योग्य सवैलाई खोप लगाइसक्ने योजना बनाइएको र त्यसका लागि विषेश संयन्त्र समेत परिचालन गरिएको उनले बताए । एजेन्सी