विराटनगर – प्रथम संस्करणको ‘इसोनर्म फास्ट ४० फुटसल कप २०२६’ को उपाधि आयोजक गोर्खा लेजेन्ड वारियर फुटसल क्लबले जितेको छ ।

शनिबार विराटनगरस्थित जेएनएल फुटसलमा भएको फाइनल खेलमा एलएलएफसी फुटसल टिमलाई ३-० गोल अन्तरले पराजित गर्दै आयोजक टिमले उपाधि चुमेको हो ।


ADVERTISEMENT

# #


उपाधिसँगै आयोजक टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रप्राप्त गर्दा उपविजेता एलएलएफसीले नगद २२ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

आयोजक टिमले सेमिफाइनलमा विराट मेडिकल कलेज चिकित्सक टिमलाई हराएर फाइनलमा पुगेको थियो । त्यस्तै, एलएलएफसी फुटसल टिमले सेमिफाइनलमा बिपी कोईराला हस्पिटल कन्सलटेन्ट टिमलाई हराएर फाइनल यात्रा तय गरेको थियो ।


ADVERTISEMENT

#
#


प्रतियोगितामा विधागततर्फ आयोजक गोर्खा लेजेन्ड वारियर फुटसल क्लबले बर्चस्व कायम राख्न सफल भयो । आयोजक टिमका सनम राई फाइनल खेलको म्यान अफ दि म्याच घोषित भए । आयोजक टिमका खेलाडीहरु सन्दिप कँँडेल सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक क्षितिज शाक्य, उत्कृष्ट प्रशिक्षक राज अधिकारी र उत्कृष्ट खेलाडी अन्कित बस्नेत घोषित भए ।

विजेताहरुलाई समापन समारोहका प्रमुख अतिथि एवम् आयोजक गोर्खा लेजेन्ड वारियर फुटसल क्लबका अध्यक्ष धिरेन सम्सेर कुवँर, विशिष्ट अतिथि सुजन बस्नेत, अतिथिहरु सुवाशिस कोईराला, सरोज भण्डारी, जिवन बस्नेत, सुमन गिरी, सौरभ कोईराला र सुष्मा खड्काले पुरस्कार वितरणगरेका थिए ।

चिकित्सक र स्वास्थ्य व्यवसायीहरूबीच आपसी भाइचारा, सद्भाव र मनोरञ्जन अभिवृद्धि गर्ने उदेश्यसहित फुटसल प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष धिरेन सम्सेर कुवँरले बताए।

प्रतियोगितामा मोरङ र सुनसरीका स्वास्थ्य ब्यवसायी र चिकित्सकका कुल १५ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता नकआउट फर्म्याटका आधारमा सञ्चालन गरिएको थियो ।