काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ गतेभित्र ३२ लाख खोप नेपाल आइपुग्ने जनाएको छ । मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने योजना बनाएअनुसार खोप आउने बताए ।


ADVERTISEMENT


सरकारले केही दिन अघि मात्र चिनियाँ कम्पनी सिनाफार्मसँग ४० लाख भेरोसेल खोप खरिदका लागि सम्झौता गरेकोमा जसमध्ये ८ लाख खोप आइसकेको छ । साउन ६ गतेपछि नियमित खोप आउने बताउँदै सहप्रवक्ता अधिकारीले साउन १५ गतेसम्ममा सबै खोप आइसक्ने बताए । चीनले शुक्रवार मात्रै थप १५ लाख डोज खोप उपलब्ध गराउने बताएकोमा साउन १५ पछि पनि नियमित खोप आउने सह


ADVERTISEMENT

# # #


प्रवक्ता अधिकारीले जानकारी दिए । ‘१८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाउने गरी आउँदैछ,’ उनले भने ।
यसअघि भारतीय खोप कोभिडसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षभन्दा माथिका नागरिले पनि छिट्टै खोप पाउने उनले बताए । खोपको व्यवस्था भइसकेकोले चाँडै कोभिडसिल्ड पनि आउने मन्त्रालयले बताएको छ ।