झापा – झापास्थित बीएण्डसी मेडिकल कलेज तथा शिक्षण अस्पतालले अत्याधुनिक ल्याब सेवा सञ्चालनमा ल्याएको छ । सोमवार पत्रकार सम्मेलन गरी अस्पतालले अत्याधुनिक ल्याब सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको हो ।


ADVERTISEMENT


विश्वका अन्य ल्याबमा परीक्षण हुने सबै प्रकारका रोग पत्ता लगाउन सकिने गरी ल्याब सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताए । उनकाअनुसार अस्पतालमा फाइन निडल अस्पिरेसन साइटोलोजी (एफएनएसी) र बायोप्सी परीक्षण गर्न सकिने भएको छ ।


ADVERTISEMENT

# # #


कुनै पनि रोगको उपचारका लागि अब काठमाडौँ वा विदेश जानु पर्दैन, विश्वका अन्य ल्याबमा परीक्षण गरिने सबै प्रकारका रोग बिएन्डसीको ल्याबबाट पत्ता लगाउन सकिने भएको छ, उनले बताए ।