काठमाडौँ – नेपाल कमयुनिस्ट पार्टीका नेता नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्माओलीसँग भेटवार्ता गरेका छन् । विप्लवले आफू निकट नेतालाई लिएर भेटका लागि ओली निवास बालकोट पुगेका हुन् ।


ADVERTISEMENT


भेटमा राजनीतिक उतारचढाव र बदलिदो परिवेशबारे छलफल भएको विप्लव नेता धमेन्द्र बाँस्तोलाले जनाएका छन् । उनका अनुसार अध्यक्ष ओलीले खुला र स्पष्ट रुपमा कुरा राखेका थिए ।


ADVERTISEMENT

# # #


भेटमा ओली, विप्लवका साथै ओलीका एमाले नेता डा. राजन भट्टराई, विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र धर्मेन्द्र बाँस्तोला रहेका थिए । भट्टराई र प्रकाण्ड यसअघि सरकार–विप्लव वार्ता टोलीका सदस्य समेत थिए ।

विप्लवले केही दिनयता राजनीतिक भेटघाटलाई तीव्र पारेका छन् । हिंसात्मक गतिविधि सञ्चालन गरेको जनाउँदै विसं २०७५ फागुन २८ गते सरकारले विप्लव समूहलाई प्रतिबन्धमा राखेको थियो ।

तर, सरकार र विप्लव समूहबीच गत वर्षको फागुन २० गते तीन बुँदे सहमति भएको थियो । सहमति अनुसार विप्लव शान्तिपूर्ण राजनीतिमा आउने र सरकारले विप्लव समूहका नेताहरुलाई रिहाई गर्ने सम्झौता भएको थियो ।