काठमाडौँ – नेकपा एमालेले पार्टी एकताका लागी भएको १० बुदे सहमतिलाई कार्यान्वयन गर्दै एकताका लागि निरन्तर प्रयास गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


मंगलबार ललितपुरमा बसेको एमालेको केन्द्रिय कमिटीको दोस्रो दिनको बैठकमा सहमतिका बारेमा छलफल भएको र यसलाई कार्यान्वयनमा लगेर एकताका लागि अन्तिम समयसम्म प्रयास गर्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैठकमा कार्यदल संयोजक सुवास नेम्वाङले पार्टी एकताका लागि भएका प्रयासका बारेमा जानकारी गराएका थिए ।

त्यस्तै बैठकमा प्रदेशको प्रतिनिधित्व गर्ने प्रदेश अध्यक्षहरुले पार्टीको दिशा र भविष्यका विषयमा रिपोर्ट पेश गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए । बैठकमा उठेका प्रश्नको बुधबार महासचिवले जवाफ दिने कार्यसूची रहेको उनले बताए ।

त्यस्तै सरकारले भूमिसमस्या समाधान आयोग बिघटन गर्न खोजिएको चर्चा चलिरहदा आयोगले गरेको कामको बारेमा आयोगका अध्यक्ष देवी ज्ञवालीले जानकारी गराएको प्रवक्ता ज्ञवालीले बताए । बैठकले शेरबहादुर देउवाको पक्षमा भोट हाल्ने २२ जना सांसदलाई गर्ने कारवाहीका बारेमा कुनै निर्णय नभएको प्रवक्ता ज्ञवालीले बताए ।

ज्ञवालीले स्पष्टिकरणको २४ घन्टा पूरा नभएकाले कारवाहीको कुनै निर्णय नभएको बताए । सांसदहरुले स्पष्टीकरणको पत्र पाएको २४ घन्टासम्म पर्खिने उनले भने, ‘स्पष्टीकरण सोधिएको पत्र लेखिसकेको छ । पुग्दै होला । उहाँहरुले पाएको २४ घण्टा पूरा भएपछि म तपाईंहरुलाई जानकारी गराउँछु ।’

बैठक बुधबार ३ बजे पुन बस्ने ज्ञवालीले जानकारी दिए ।