काठमाडौँ– संविधानविद् तथा कानूनविद् काशीराज दाहालको मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।


ADVERTISEMENT


वरिष्ठ चिकित्सक भगवान् कोइराला र उनको समूहले दाहालको मुटुको शल्यक्रिया गरेको हो ।


ADVERTISEMENT

# # #


कानूनविद् दाहालका दाजु डा. रामप्रसाद दाहालका अनुसार, हाल उनी खतरामुक्त अवस्थामा छन् । उनलाई आकस्मिक रूपमा मुटुमा समस्या देखिएपछि आइतबार मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टर महाराजगञ्जमा उक्त शल्यक्रिया भएको हो ।

कानूनविद् दाहालका दाजुले जानकारी दिदैँ भने, ‘ओपन हार्ट सर्जरी गरिएको हो, हाल सघन उपचारकक्षमा उपचार भइरहेको छ। अहिले खतरामुक्त अवस्थामा हुनुहुन्छ ।’ रासस