काठमाडौँ – पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीले एभरेस्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियागिता खेल्ने भएका छन् । अन्तरासिष्ट्रय क्रिकेट र विश्वभरका फ्रेन्चाइज्ड लिगहरुमा लामो अनुभव हासिल गरेका अफ्रिदीलाई काठमाडौँ किंग्स ११ ले अनुबन्ध गरेको हो ।


ADVERTISEMENT


सोमबार काठमाडौँले आयोजना गरेको पत्रकार सम्मेलनमा भर्च्युअल्ली बोल्दै अफ्रिदीले काठमाडौँबाट इपीएल खेल्न का लागि आफू उत्साहित भएको बताए । उनले इपीएलमा अनुभवी खेलाडीसँग मैदान र ड्रेसिङ रुम शेयर पाउने भएकाले युवा खेलाडीहरुका लागि उत्कृष्ट अवसर हुने बताए ।


ADVERTISEMENT

# # #


शाहिदले २७ वटा टेस्ट खेलमा ५ शतक र ८ अर्धशतकसहित १ हजार ७१६ रन बनाएका छन् भने ४८ विकेट लिएका छन् । यस्तै उनले ३९८ एकदिवसीय खेलमा ६ शतक र ३९ अर्धशतकसहित ८ हजार ६४ रन बनाउँदा ३९५ विकेट लिएका छन् । अफ्रिदीले ९९ टी२० अन्तर्राष्ट्रियमा १ हजार ४१६ रन तथा ९८ विकेट लिएका छन् ।

काठमाडौँमा नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने मार्की प्लेयर रहेका छन् । इपीएलको चौठो संस्करण आगामी असोज ९ देखि असोज २३ गतेसम्म काठमाडौँमा हुँदैछ । प्रतियोगितामा विभिन्न ६ शहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् । जसमा साविक विजेता ललितपुर प्याट्रीयट्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन् ।