काठमाडौं- नेपाल चिया विकास निगम लिमिटेडले ‘टोकला मसला चिया’ उच्च गुणस्तरीय र स्वास्थ्यवर्धक रहेको बताएको छ ।


ADVERTISEMENT


कम्पनीका अनुसार, आफ्नै बगानबाट टिपिएको ताजा एवं उत्कृष्ट चिया र असली मसलाहरुको मिश्रणबाट तयार उक्त चिया अदुवा, सुकुमेल, ल्वाङ, दालचिनी र मरिचजस्ता रोग प्रतिरोधी क्षमता बढाउने तथा मानव स्वास्थ्यका लागि अत्यन्तै हितकारी मसलाहरुको सम्मिश्रणबाट बनाइएको हो ।


ADVERTISEMENT

# # #


मुलुककै सर्वाधिक लोकप्रिय एवं गुणस्तरीय चिया उत्पादक सो कम्पनीले हालै बजारमा नयाँ आकर्षक प्याकमा टोकला मसला चियाको बिक्री वितरण सुरु गरेको छ ।