काठमाडौँ– कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीकाको अवसरमा त्रिशूली नदीमा तोरण लगाइएको छ ।
बिहानै भक्तजनहरुले नुवाकोटको जालपादेवी मन्दिरबाट त्रिशूलीमाथि तोरण लगाएका हुन् । आज देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ ।


ADVERTISEMENT


हरिबोधनी एकादशी पर्वको अवसरमा नुवाकोटको जालपादेवी मन्दिरबाट त्रिशूली नदीमा तोरन तार्दै भक्तजन ।  तस्बिर : रासस

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आजै जागा हुने भएकाले विशेष पूजा गरिन्छ । हरिशयनी एकादशीकै दिनदेखि घर–घरको तुलसी मठमा रोपिएको तुलसीलाई आज भगवान् विष्णुसँग विवाह गरिने प्रचलनसमेत रहेको छ ।


ADVERTISEMENT

# # #


असारदेखि कात्तिकसम्म तुलसीको विशेष पूजा गरिने भएकाले यो समयलाई चतुर्मास पनि भनिन्छ । यस समयमा चतुर्मास महात्म्यसमेत सुन्ने गरिन्छ । आज उपत्यकाका चार नारायणमा दर्शन गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।