काठमाडौँ– दास्रो चरण अन्तर्गत आगामी मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले प्रदेश २ का सिट बाँडफाँट गरेका छन् ।


ADVERTISEMENT


आज बसेको राजपा फोरमको संयुक्त बैठकले भागबण्डा टुङ्ग्याएका हुन् । प्रतिनिधिसभाका लागि ३२ सिट रहेको प्रदेश २ मा उपेन्द्र यादव नेतृत्वको फोरमले १७ सिट पाएको छ भने राजपाले १५ सिट लिएको छ । प्रदेशसभाको ६४ मध्ये ३३ सिट फोरमले लिएको छ भने बाँकी ३१ सिट राजपाले पाएको छ ।


ADVERTISEMENT

# # #


पर्साको १,२ र ३ फोरमले लिएको छ भने ४ राजपाले पाएको छ । बाराको १ र ४ राजपाले लिँदा २ र ३ फोरमको भागमा परेको छ । रौतहटको १, २ र ४ राजपाले तथा २ फोरमले पाएको छ । सर्लाहीको १, २ र ४ राजपाले पाउँदा २ फोरमको भागमा परेको छ ।

सर्लाहीको १, २ र ४ राजपाले लिँदा ३ फोरमको भागमा परेको छ । धनुषाको १, २ र ४ राजपा तथा ३ फोरमले पाएको छ भने सिरहाको १, २, ४ फोरम र ४ राजपाको भागमा परेको छ । सर्लाहीको १ र २ फोरम तथा ३ र ४ ले लिएका छन् ।