काठमाडौँ– सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेल अन्ततः जेल चलान भएका छन्।


ADVERTISEMENT


प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले ललितपुरको सातदोबाटोबाट पक्राउ गर्दै काठमाडौँ जिल्ला अदालतमा पुर्याएपछि जिल्ला अदालत काठमाडौंले ढुंगेललाई डिल्लीबजार कारागारमा थुनामा राख्न आदेश दिएको छ । अदालतको आदेश बमोजिम उनलाई जेल चलान गरिएको हो ।


ADVERTISEMENT

# # #


ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वोच्चले जन्मकैदको फैसला सुनाएपनि ढुंगेल पक्राउ परेका थिएनन् । पछिल्लो पटक सर्वोच्चले सात दिनभित्र पक्राउ दिएको आदेश कार्यान्वयन नभएको भन्दै प्रहरी प्रमुख प्रकाश अर्यालविरुद्ध अदालतको अवहेलनाको मुद्दा समेत परेको छ ।

यो मुद्दा परे लगतै ढुंगेल पक्राउ परेका हु्न् । २०६४ सालको संविधानसभा चुनावमा ओखलढुंगा २ बाट निर्वाचित भएका ढुंगेल सभासद रहेकै बेला दोषी ठहर भएका थिए । उनीसँगै सजाय तोकिएका पूर्वमाओवादी नेता पुष्कर गौतम अहिले जेलमै छन् ।

ढुंगेलको सजाय माफीका लागि तत्कालिन बाबुराम भट्टराई सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । तर, सर्बोच्चले सो सिफारिस कार्यान्वयन नगर्न भनेपछि ढुंगेल फरार भएका थिए ।

ढुंगेलले यस घटनामा आफु निर्दोष रहेको बताउँदै आएका थिए । माअ‍ोवादीले पनि घटना शान्ति सम्झौता अनुसार हल गर्नुपर्ने बताएको छ ।

बालकृष्ण ढुंगेल पक्राउ