काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनमा आवद्ध दलहरुको संयुक्त बैठक शुरु भएको छ । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी गठबन्धनको बैठक डाकेका हुन् ।


ADVERTISEMENT


गत असार २९ गते काँग्रेस सभापति देउवाको नेतृत्वमा नयाँ सरकार बनेपनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । हाल सरकारमा २ मन्त्री र एक राज्यमन्त्री मात्र रहेकोमा काँग्रेस, माओवादी केन्द्र र जसपालाई पनि समेटेर प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक विस्तार गर्न लागेका हुन् ।


ADVERTISEMENT

# # #


यही विषयमा छलफल बोलाइएको एक नेताले जानकारी दिएकोमा विवाद मिलिसकेकाले मन्त्रिपरिषद्ले अब पूर्णता पाउने उनले बताए ।