१. हेपाटाइटिस भनेको के हो?


ADVERTISEMENT


कलेजोलाई शारीरिक संरचनाअन्र्तगत शरीरमा न्युट्रिशन, रगत फिल्टर गर्ने तथा संक्रमणविरुद्व लड्ने महत्वपूर्ण अंगको रुपमा लिइन्छ । र, यसै कार्यप्रणाली पूरा गर्ने कलेजो विभिन्न संक्रमणका कारण सुन्निने प्रक्रियालाई नै ‘हेपाटाइटिस’ भनिन्छ ।


ADVERTISEMENT

# # #


२. हेपाटाइटिस भएमा के हुन्छ?

विविध कारणवश् हुने संक्रमण कारण कलेजो सुन्निएमा यसले गर्ने नियमित कार्यप्रणालीमा हृास आउन गई व्यक्तिमा शारीरिक सम्बन्धि विभिन्न समस्या एवम् असहजता उत्पन्न गराउँछ । यस्तै,  संक्रमणको शुरुवाती चरणमै रोगको पहिचान गरी उपचार गर्न सकेमा यस रोगको निदान पनि गर्न सकिन्छ ।

तर, आफूमा समस्या भएता पनि बेवास्ता गर्ने व्यक्तिको हकमा भने यसले कालान्तारमा क्यान्सरको रुप लिई अकालमा मृत्यु समेत गराउने सम्भावना प्रबल रहन्छ । नेपालको सन्दर्भमा  झण्डै ४ लाख व्यक्तिहरुमा यस समस्या रहेको अनुमान गरिएको छ ।

३. यसका कारण

व्यक्तिमा हेपाटाइटिस देखिनुको मुख्य कारण भनेकै ‘हेपाटाईटिस भाइरस’ को संक्रमण हो । यद्यपि यस भाइरस संक्रमणका लागि निम्न पक्षहरुले विशेष महत्वपूर्ण भुमिका निर्वाह गर्दछः

-विषाक्ती/मदिराको उच्च सेवन

-कुनै विशेष प्रकारको औषधि सेवन

-हेपटाइटिस संक्रमित आमाबाट शिशुमा

-संक्रमितले प्रयोग गरेको  सिरिन्ज शेयर गर्दा(जस्तै : ट्याटु बनाउँदा वा रक्तसंचारको क्रममा साबधानी नअपनाउँदा ।)

-मेडिकलका औजारहरुलाई स्टेरिलाइजेशन नगर्दा

-र, केहि अन्य जटिल स्वास्थ्य अवस्था ।

४. यसका प्रकार

हेपाटाइटिस ए देखि इ सम्म गरी जम्मा पाँच प्रकारका हुन्छन् । यद्यपि यीमध्ये प्रायजसोः व्यक्तिहरुमा हेपाटाइटिस ए, बी र सी साझा रुपमा देखापर्ने गरेको पाइन्छ । यस्तै, तुलनात्मक रुपमा यी पाँच प्रकारमध्ये हेपाटाइटिस बी र सी घातक रहेको देखिन्छ ।

५. जोखिम समूह

-बहु यौन पार्टनर भएका व्यक्ति वा समूह

-संक्रमित व्यक्तिको सम्पर्कमा/उपचारमा रहने समूह

-संक्रमित आमाबाट जन्मिएका शिशु

-मदिराको उच्च सेवनकर्ताहरु ।

६.लक्षण

-ज्वरो आउनु

-थकानको महशुस हुनु

-भोक नलाग्नु

-वाकवाक लाग्नु/बान्ता आउनु

-पेट दुख्नु

-गाढा रंगको पिसाब आउनु

-दिशाको रंगमा (पहेँलो, माटो रंगको) परिवर्तन देखिनु

-जोर्नीका भागहरु दुख्नु

-जन्डिस हुनु(आँखा तथा छाला पहेँलो हुनु) ।

माथि उल्लेखित लक्षणहरु व्यक्तिमा संक्रमण भएको २ हप्तादेखि ६ महिनाको अवधिमा देखिन थाल्छन् । तर, व्यक्तिमा क्रोनिक इन्फेक्शन भएको खण्डमा भने, संक्रमणको वर्षाैसम्म पनि लक्षण नदेखिने हुन्छ । यसकारण पनि हामीले प्रत्येक ६ महिनादेखि १ वर्षको अन्तरालमा आफ्नो स्वास्थ्य परीक्षण गराउने बानी बसाल्नुपर्छ ।

७ रोकथाम तथा उपचार 

हेपाटाइटिसको उपचारका लागि सर्वप्रथम व्यक्तिमा देखिएको उक्त समस्या ‘एक्युट’ वा ‘क्रोनिक’ कुन प्रकारको हो? त्यसको पहिचान गर्नुपर्ने हुन्छ ।

यीमध्ये एक्युट भाइरल हेपाटाइटिस प्रायजसोः आफै निको भएर जान्छ । यसका लागि व्यक्तिले आराम गरी तरल एवम् झोलिलो पदार्थको उचित सेवन गर्नुपर्दछ । तर, अत्यन्त गम्भीर अवस्थामा भने व्यक्तिले अनिवार्य रुपमा चिकित्ससको सल्लाह लिनुपर्छ ।

यस्तै, क्रोनिक प्रकारको हेपाटाइटिसको हकमा भने यसका निदानका लागि शल्यक्रिया, औषधि उपाचार तथा अन्य विभिन्न मेडिकल प्रक्रियाहरु रहेका हुन्छन् ।

यसैगरि, रोकथामका लागि व्यक्तिले विशेष रुपमा बेलैमा यसका कारण पहिचान गर्दै यसको जोखिम बढाउने गतिविधिबाट टाढै रहनुपर्छ, भने स्वस्थ्य जीवनशैलीका लागि समय–समयमा आफ्नो स्वास्थ्य परीक्षण समेत  गराउनु पर्छ ।

एजेन्सी ।