काठमाडौँ – नेपाली पौडीवाज गौरिका सिंह टोक्यो ओलम्पिकको हिट चरणबाटै बाहिरिएकी छन् ।


ADVERTISEMENT


गौरिकाले बुधबार महिला १०० मिटरको फ्रिस्टायलमा चार सहभागी मध्ये तेस्रो हुँदै आफ्नो टोक्यो ओलम्पिकको यात्रा टुंगाएकी हुन् । हिट १ मा प्रतिस्पत्र्रा गरेकी उनले १०० मिटर फ्रिस्टायल १ः००ः११ मा पार गरिन् ।


ADVERTISEMENT

# # #


हिट चरणबाट बाहिरिए पनि गौरिकाले २०१९ मा बनाएको आफ्नै राष्ट्रिय कीर्तिमान भने तोडेकी छन् । १८ औं फिना वर्ल्ड च्याम्पियनसिप २०१९ (ग्वाङ्जु, दक्षिण कोरिया) मा गौरिकाले १०० मिटर फ्रिस्टायल १ मिनेट ६२ मिलिसेकन्डको पूरा गरेकी थिइन् ।

हिट १ को विजेता नाइजेरियाकी अवाइओला ओगुनबानो भइन् । उनले उक्तप दूरी ५९ः७४ सेकन्ड मा पूरा गरिन् । यस्तै मोन्टेनेग्रोकी एन्डेला एन्टुनोभिक दोस्रो भइन् । उनले १ः००ः०१ मा पूरा गरिन् ।